सिर्जुको ‘नजरैले हानेर’ गीतमा आर्यन र आकाश {भिडियो}



काठमाडौं, माघ २ । गायिका सिर्जु अधिकारीले ‘नजरैले हानेर’ बोलको आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छिन् ।

गायक प्रविन बेडवालसँगको स्वरको सहकार्यमा उनले शुक्रबार आफ्नै युट्युव च्यानलबाट उक्त प्रेमगीत सार्वजनिक गरेकी हुन् । गीतमा शब्द तथा लय सिर्जुकै रहेको छ भने एरेन्ज आशिष अविरलको छ ।

कविराज गहतराजको निर्देशन रहेको भिडियोमा गायिका सिर्जुलाई नै देख्न सकिन्छ । भिडियोमा सिर्जुले दुई नायक आर्यन सिग्देल र आकाश श्रेष्ठसँग स्क्रिन शेयर गरेकी छिन् ।
दीपक राज सुनारको कोरियोग्राफी रहेको भिडियोमा गोमा केसीको लगानी रहेको छ । गोमा गायिका सिर्जुको आमा हुन् । गायिका सिर्जुले चलचित्र क्षेत्रका लोकप्रिय नायकद्धयलाई लिएर काम गर्ने इच्छा पहिलेदेखि भएकाले त्यो पुरा गरेको बताइन् ।

गीतले दुई दिनमा १ लाख ४३ हजार बढी भ्युज पाएको छ । स्रोता एवं दर्शकबाट पनि राम्रो प्रतिक्रिया आएको बताउँदै त्यसले आफू उत्साहित भएको उनले बताईन् । सौरभ लामाको छायाँकन रहेको यस गीतको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
भिडियो :