आकाश र मलिका अभिनित ‘तिमी बस दिलैमा’, हेर्नुहोस् भिडियो



काठमाडौं, मंसिर २५ । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री मलिका महतको अभिनयमा ‘तिमी बस दिलैमा’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीतमा आकाश र मलिकाले अभिनय गरेका हुन् । आकाश र मलिका दुबै म्युजिक भिडियोमा निकै रुचाईएका कलाकार हुन् ।

शनिबार सार्वजनिक गीतको म्युजिक भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी एवं निर्देशन हेर्न सकिन्छ । उनले आकाश र मलिकालाई म्युजिक भिडियोमा आकर्षक ढंगले प्रस्तुत गरेका छन् ।

विकाश सिवाकोटीको शब्द, शेरा थामी र विकाश शिवाकोटीको संगीत रहेको गीतलाई दीक्षित पौडेलले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा नविन निरौलाको सम्पादन छ ।