दश उत्कृष्ट गीतकारको चयन सर्वोत्कृष्ट गीतलाई एक लाख नगद पुरस्कार


Ratna samser thapa
(सेलिब्रेटी नेपाल) ८ जेस्ठ-नेपाल गीतकार संघले २०६९ सालमा रेकर्ड गरीएका गीतमध्येबाट दश उत्कृष्ट गीत तथा गीतकारको चयन गरेको छ। दश उत्कृष्ट गीतकार मध्येबाट एक सर्वोत्कृष्ट गीत तथा गीतकारलाई भने जेठ ११ गते एक कार्यक्रम गरी संघले सम्मान गर्नेछ। संघले सर्वोत्कृष्ट गीतलाई एक लाख नगद पुरस्कार सहित दोसल्ला तथा प्रमाणपत्रले सम्मान गर्ने छ।

बिना महत, सुदिप कुमार रेग्मी, शुरेश अधिकारी, लोकराज अधिकारी, भुपेन्द्र खड्का, एकनारायण भण्डारी, भावेश भुमरी, गायत्री थापा, शिव सुवेदी र टीका चाम्लिङ उत्कृष्ठ दश गीत लेख्ने गीतकारमा परेका छन्। संघले गीतकार रत्नशमशेर थापालाई गीत संगीतको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै एक लाख नगद सहित पुरस्कृत गर्ने संघका महासचिव विपिन किरणले जानकारी दिनुभयो।

साँगितिक क्षेत्रमा अत्यन्तै महत्वपूर्ण योगदान हुने तर सँधै पर्दा पछाडी रहने गीतकारहरुको भुमिकालाई सम्मान गर्ने परम्परा विकसित गर्न कार्यक्रम गरिएको किरणले बताउनुभयो। अर्थमन्त्री तथा गीतकार एसपी कोइरालाले सर्वोत्कृष्ट तथा विशिष्ट व्यक्तिहरुलाई सम्मानित गर्ने कार्यक्रम संघले तय गरेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.