मौनताको ‘आँधी तुफान २’ निर्माण घोषणा



काठमाडौं । चलचित्र ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार काठमाडौ मल स्थित डाड्युपन्यु रेष्टुरेन्ट आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्माण घोषणा गरिएको हो । दशक अगाडि निर्माण भएको चलचित्र ‘आधी तुफान’ को सिक्वेलको रुपमा चलचित्र निर्माण हुन लागेको हो । चलचित्रका निर्माता मौनता श्रेष्ठ हुन् । मौनता नेपाली चलचित्रका सफल स्क्रिप्ट राइटर हुन् । उनले एकसय बढी चलचित्र लेखेका छन् ।

मदन घिमिरेको निर्देशक रहने चलचित्रमा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुर्व कोईराल, कनिज कोईराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, पुनम गौतम, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय रहनेछ ।

कार्यक्रममा चलचित्र निर्माता संघका महासचिव रोज राणा, बितरक निर्माता गोपाल कायस्थ, निर्माता तथा चलचित्र बितरक सुशिल पोखरेल लगायतले चलचित्र निर्माण सफलताका लागि शुभकामना दिए । थ्रिलर र सस्पेन्स बिषयमा भरपुर नारी एक्सन समेटिएर फिल्म निर्माण हुन लागेको निर्देशक मदन घिमिरेले बताए ।

अगामि चैत्रको पहिलो साताबाट छायाँकनमा निस्कने चलचित्रमा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ । फिल्मका निर्माण नियन्त्रक नारयण चालिसे रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.