राजेश हमाल र प्रकाश सपूत अभिनित लोकदोहोरी गीत सार्वजनिक


काठमाडौं । अभिनेता राजेश हमाल, गायक तथा नायक प्रकाश सपूत, अभिनेत्री वर्षा शिवाकोटी एउटै म्युजिक भिडियोमा देखिएका छन् ।

देवी घर्ति र प्रकाश पराजुलीको स्वरमा रहेको ‘मञ्जरी’बोलको लोकदोहोरी गीतको भिडियोमा यी तीन कलाकार एकैसाथ देखिएका हुन् । गीतको भिडियो सोमबार सार्वजनिक गरिएको छ । ‘सालको पात टपरी’का सर्जक नवराज पन्तले लेखेको गीतमा प्रकाश पराजुलीकै संगीत सुन्न सकिन्छ ।

भिडियोमा अभिनेता हमाललाई ‘महानायक राजेश हमाल’कै रुपमा प्रस्तुत गरिएको छ ।

भिडियोलाई देबेन्द्र बब्लुले निर्देशन तथा मौसम हिमालीले कोरियोग्राफी गरेका हुन् । देबेन्द्र प्रकाशका आफ्नै भाई हुन् । करन चैसिरले खिचेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । भिडियोको प्रस्तुतकर्ता प्रकाश जि.सी हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.