विजय लामाले जिते कोरोना


काठमाडौं । वरिष्ठ पाइलट तथा कलाकार विजय लामाले कोरोना जितेका छन् ।

कोरोना संक्रमणपछि लामा पछिल्लो दुई सातादेखि स्टार अस्पतालमा उपचाररत थिए । उनी कोरोना संक्रमणमुक्त भएर बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना पुष्टि भएसंगै थुप्रै चलचित्रकर्मीहरुले क्याप्टेन तथा कलाकार लामाको स्वास्थ्य लाभको कामना गरेका थिए । कोरोना संक्रमणपछि आफ्नो स्वास्थ्यमा गम्भीर समस्या देखिएको लामाले निकट चलचित्रकर्मीलाई बताएका छन् । उपचाररत रहँदा उनी स्वयंमले पनि कोरोनालाई हल्का रुपमा नलिन सबैलाई सुझाएका थिए ।

उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका हुन् । लामाले आफ्नो उपचारमा संलग्न स्वास्थ्यकर्मीको टिमलाई धन्यवाद पनि दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.