आलोचनापछि रामजी खाणँले युट्युवबाट तीज गीत हटाए


तस्वीर : रामजीको फेसबुकबाट

काठमाडौं। लोकदोहोरी गायक तथा मोडल रामजी खाणँको गायन तथा अभिनय रहेको ‘सबै राजा, सबै दादा’ बोलको तीज गीत युट्युबबाट हटाईएको छ । गीत तीजको मर्मविपरित रहेको र एउटा स्थापित कलाकारबाट यस्तो सिर्जना नसुहाउने भन्दै आलोचना भएको थियो । अन्ततः रामजीले यो गीत शुक्रबार युट्युबबाट हटाएका हुन् ।

रामजीले ‘सबै राजा, सबै दादा’ सार्वजनिक गरेलगत्तै सेलिब्रेटी नेपालले ‘रामजी खाणँको तीज गीत : के स्थापित कलाकारले यस्तो गीत गाउन सुहाउँछ ?’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो ।

पढ्नुहोस्

गायक तथा मोडल रामजीले हौसिएर बनाईएको गीतले क्षणिक आनन्द महशुस भएपनि दीर्घकालिन आनन्द दिन नसक्ने भन्दै गीत युट्युबबाट हटाएको बताएका छन् ।

गीत हटाएसंगै लोकदोहोरी गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पंगेनीले रामजीलाई धन्यवाद दिएका छन् । पंगेनीले नेपाली लोक संगीतमा आफूहरुबाट पनि कमीकमजोरी भएको भन्दै सबै सच्चिने बेला आएको बताएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.