रामजी खाणँको तीज गीत : के स्थापित कलाकारले यस्तो गीत गाउन सुहाउँछ ?


काठमाडौं। हिन्दु नारीहरुले पवित्र पर्वको रुपमा लिन्छन् तीजलाई। महिलाहरुले मिठो मसिनो खाने, मनका पीडा तथा वेदना समेटिएको गीत गाउँने, रातो साडी लगाएर मादलको तालमा छमछमी नाचेर रमाईलो गर्ने परम्परा वर्षौदेखि कायम छ। तर, पछिल्लो समयका कतिपय तीज गीतको शब्द, भाका र भिडियो तीजको मर्मभन्दा बाहिर छन्।

उदाहरणका लागि रामजी खाणँको यसवर्षको तीज गीत ‘सबै राजा, सबै दादा’लाई हेरौं।
गीतले भनेको छ,
ए बाउपनि तान्ने, भाई पनि तान्ने, मै पनि तान्ने
हल्का टुच्च लाएसी कोही नमान्ने
हाम्रा घरमा
सबै राजा, सबै दादा हाम्रा घरमा
दुध ल्याउँकी दारु ल्याउ आज दरमा

गीतको भिडियो हेरौं :

यो गीतको भाकामा तीजको मर्म छैन्। दरमा मदिराका कुरा गरिएको छ। मादलको प्रयोग हुने तीज गीतमा गीतारको प्रयोग छ। भिडियोमा रामजी स्वयंम, विमल अधिकारी,धुर्व हिमाली लगायतले अभिनय गरेका छन्। भिडियोमा कलाकारहरु मदिरा बोतल लिएर लठ्ठिएको देख्न सकिन्छ। गीत सुन्दा र भिडियो हेर्दा लाग्छ, गीतले तीजको सामाजिक–सांस्कृतिक मर्ममाथि प्रहार गरेको छ।

धेरैलाई त्यही लागेको हुनुपर्छ। त्यसैले त भिडियो हेरेपछि सुमित्रा सेनले कमेन्टमा चिन्ता व्यक्त गरेकी छिन्, –‘लोक गीतको धरोहर अर्थात् लोकगीतको उर्बर भूमिका जन्मिनुभएको एक लोक गायक रामजी खाणँ हजुरले यस्तो गीत गाएको सुहाउँदैन्। पहिलाको गीतहरु धेरै राम्रो छन्, सबैले यस्तै गीत गाउँदै जाँदा हाम्रो लोक संगीत कतै लोप हुने त हैन ?’

अर्को एउटा प्रतिक्रिया छ, ‘आफू प्रतिष्ठानको उच्च पदमा रहेर यस्तो गीत गाउन सुहाउँदैन यो त तीजलाई आफै बलात्कार गरेको भएन र ?’ युट्युबमा सूर्य केसी प्रतिकिया दिन्छन्, ‘रामजी खाणँ जस्तो कलाकार ले तीज गीत भन्दै यस्तो गीत गाउनु भ्यूज मात्रै गन्ने हो कि आफ्नो संस्कारको संरक्षण प्रति पनि ध्यान दिने हो ?’ केहीले रामजी खाणँसंग यस्तो गीतको अपेक्षा नभएको प्रतिक्रिया दिएका छन्।

रामजी लोकदोहोरीका लोकप्रिय गायक हुन्। उनले गायन मात्र नभएर मोडलिङमा समेत आफूलाई स्थापित बनाएका छन्। उनले थुप्रै गीत हिट दिएका छन्। एउटा स्थापित कलाकारले मर्मविपरित यसरी गीत ल्याउँनु चिन्ताको विषय हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.