विश्व नेपालीको गीत ‘टेस्ट गरौं’मा सरोज र आश्मा


काठमाडौं। गायक विश्व नेपालीको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘टेस्ट गरौँ’ बोलको गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत छ।

डान्सिङ शैलीमा तयार गरिएको गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माले मोडलिङ गरेका छन्।

प्रेम प्राप्तिका लागि एक युवाले गरेको सङ्घर्षलाई भिडियोको मुख्य विषयवस्तु बनाइएको छ। ट्रि इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन्। भिडियोमा राजीव समरको नृत्य निर्देशन छ। अर्जुन तिवारी डीओपी रहेको भिडियोमा बुद्ध थापाको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन छ।