मुनाको तीज गीत ‘कोही माग्न आउँदैन्’


काठमाडौं। महिलाहरुको महान पर्व तीज नजिकिँदै जाँदा तीजका गीतहरु सार्वजनिक हुने क्रम बढेको छ। यसैक्रममा ‘कोही माग्न आउँदैन्’बोलको तीज गीत युट्युबमा सार्वजनिक गरिएको छ।

गीतमा मुना मगरको शब्द, संगीत, स्वर तथा भिडियोमा अभिनय हेर्न सकिन्छ। गीतलाई डोलराज बाह्रघरे मगरले एरेञ्ज गरेका हुन्।

विजय तिखातरीको निर्देशन रहेको गीतको भिडियोमा मुनाका साथमा कलाकार रामचन्द्र अधिकारी (गोप्ते काजी), विद्या कार्की, खिम कुमारी जैसी, बसन्ती सुनारी मगर लगायतको अभिनय छ। नरेन्द्र पुनले निर्माण गरेको भिडियोलाई टंक केसीले छायांकन गरेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.