‘आधा माया’ सार्वजनिक


काठमाडौं। गायक विक्रम परियार र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा ‘आधा माया’ गीत युट्युबमा सार्वजनिक गरिएको छ।

गीतमा प्रल्हाद सुवेदीको शब्द, वसन्त थापाको संगीत छ। भिडियोमा अभिनेता दिलिप रायमाझी देखा परेका छन्। उनको जोडीका रुपमा ऐश्वर्या सुनुवारलाई फिचरिङ गरिएको छ।

-गायक विक्रम परियार र गायिका सुनिता बुढा क्षेत्री

भिडियोमा दिलिपलाई कसैको कल्पनामा डुबेको देखाईएको छ। उनी भगवान श्रीकृष्णको भेषमा देखिएका छन्। सुनिल क्षेत्रीको कथा/निर्देशन रहेको भिडियोलाई नवराज उप्रेतीले छायांकन तथा अमृत चापागाईले सम्पादन गरेका हुन्।

भिडियो :