राजेश हमालले दीपाश्रीको नाम नलिई भने, –‘कृपया, सम्बन्धित ब्यक्तिलाई क्षमा दिनुहोला’ [भिडियो]


काठमाडौं। अभिनेता राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफी गरिदिन आग्रह गरेका छन्। गत मध्यराति सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै राजेशले दीपालाई माफी दिन आग्रह गरेका हुन्।

हमालले दीपाश्रीको नाम नलिइकन भनेका छन्, ‘म अनुरोध गर्न चाहान्छु की सिनेक्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि तपाईहरुले अत्यन्त सकारात्मक भएर कृपया सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला।’

यो पनि पढ्नुहोस्

उनले आफू संलग्न सिने क्षेत्र विभिन्न किसिमका वादविवाद, आरोप–प्रत्यारोपमा फसेको प्रति दुःख ब्यक्त गरेका छन्। उनले यस्ता सिसिमका भनाई, अभिव्यक्तिहरुलाई नजरअन्दाज गरेर आफ्नो कार्यमा अगाडि बढिरहने सहिष्णुता आफूमा रहेको र त्यो सहिष्णुता जनसमुदाय, दर्शकको उर्जाबाट प्राप्त भएको बताएका छन्।

उनले दर्शकलाई अनुरोध गर्दै अगाडि भनेका छन् –‘म मेरो दर्शकहरुलाई ह्दयदेखि अनुरोध गर्न चाहान्छु। अलि वृहत चित्रलाई मनन गरेर अत्यन्त सकारात्मक हिसाबबाट मानवताको लागि, कसैको मानवतामा आँच नपुग्ने गरी आफ्नो अभिव्यक्तिहरु प्रकट गरौं।’ एउटा कलाकारलाई अगाडि बढ्नका लागि सहज वातावरण प्रदान गरिदिन हमालले सबैसंग अनुरोध गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.