दीपकराज गिरी भन्छन् : हामीमाथि ‘साइबर बुलिङ’ भईरहेको छ


काठमाडौं। कलाकार दीपकराज गिरीले आफूहरुको समूहमाथि ‘साइबर बुलिङ’ भईरहेको बताएका छन्।

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले एक अन्तवार्तामा ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न सोझाएपछि उत्पन्न विवाद अझै सेलाएको छैन्। दीपाश्रीले माफी मागिसके पनि उनलाई गालीगलौज आउन छाडेको छैन्। लामो समय भईसकेको र माफी माग्दा पनि यो विषय सेलाउन नसकेपछि दीपकराजले भनेका छन्, –‘एउटा पीएनदेखि प्रधानमन्त्रीसम्मको मिष्टेज हुन्छ। ठूलाठूला शासकहरुले मिष्टेक गर्छन् र माफी मागेपछि त्यो कुरा सेलाउँछ। तर यो सेलाउन सकेन। किनभने सेलाउन दिइएन।’

उनले दीपाश्रीले माफी मागिसक्दा र यतिका समय हुँदा पनि यो विषय शान्त हुन नसक्नुमा आफूहरुको समूहमाथि ‘साइबर बुलिङ’ भईरहेको गम्भीर कुरा उठाएका हुन्।  आफूहरुलाई निरन्तर गाली आईरहेपछि साइबरका साथीहरुसंग सल्लाह गरेको दीपकराजले बताएका छन्।

‘साइबरका साथिहरुसंग सल्लाह गर्दा उहाँहरुले भन्नुभयो, तपाईहरुलाई आएका नकारात्मक कमेन्टमध्ये ७५ प्रतिशत कमेन्टहरु फेक आइडीबाट गरिएको छ।’ –दीपकराजले भनेका छन्। दीपकराज ‘छक्का पञ्जा’ ब्राण्डमाथि निरन्तर प्रहार भईरहेको गुनासो गर्छन्।
‘विषय सेलाउन थाल्यो फेरी फेक आइडीबाट कुरा उठाइन्छ। विभिन्न कमेन्टहरु गरिन्छ। नर्मल मानिसहरुलाई अझै उत्तेजित बनाइन्छ। त्यो कुरा सबैले बुझ्नुपर्छ’– उनले भनेका छन्।

आईतबार फेसवुकमा भिडियो पोष्ट गर्दै दीपकराजले ‘साइबर बुलिङ’को कुरा उठाएका हुन्। भिडियोमा उनले भनेका छन्, –‘राजेश हमाल महानायक हो/होइन् भनेर टिप्पणी गर्ने अधिकार हामीलाई छैन्। इण्डष्ट्रिले एउटालाई महानायक मान्छ भने हामी त्यसलाई सम्मान गर्नुपर्छ। दीपाजीले प्रयोग गरेका शब्दहरु र उहाँको बडिल्याङ्वेजमा कमजोरी भयो। उहाँले शब्द नै मिलाउन सक्नुभएन् त्यो गल्ती हो। उहाँले माफी मागीसक्नुभएको छ। त्यसका लागि म पनि माफी माग्छु।’

अब यो विषय साम्य पार्नुपर्ने बताउँदै राजेश हमालसंग आफूहरु भेटेर कुरा गर्ने प्रयास रहेको समेत दीपकराजले बताएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.