फिल्मकर्मीमाथिको गालीगलौज र अश्लिल प्रतिक्रिया रोक्न आग्रह, ‘नरोकिए कारवाहीको प्रक्रिया अगाडी बढाउँछौं’


काठमाडौं। पछिल्लो समय चलचित्रकर्मीको अभिव्यक्ति र अन्तर्वातालाई लिएर आरोप–प्रत्यारोप, विवाद, गालीगलौजले पराकाष्ट नाघेको भन्दै नेपाली चलचित्रसंग सम्बन्धित विभिन्न ७ संस्थाहरुले संयुक्त विज्ञप्ती जारी गरेका छन्।

वर्तमान सन्दर्भमा सामाजिक सञ्जालमा चलचित्रकर्मीमाथि लक्षित गरेर गालीगलौज र अश्लिल प्रतिक्रिया आएकोप्रति आफूहरु संवेदनशिल भएको विज्ञप्तीमा उल्लेख छ। यस किसिमको प्रतिकिया नरोकिएमा यस्तो प्रतिक्रिया नेपालबाट आएको भए नेपालको साइबर कानून अनुसार र विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमार्फत कारवाहीको प्रक्रिया अगाडी बढाउने वक्तव्यमा उल्लेख छ। ‘सवैलाई अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको तर अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन गर्नु, अश्लील आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्नु कसैको अधिकार छैन्,’ वक्तव्यमा अगाडि भनिएको छ –‘यस किसिमको हर्कत निन्दमीय मात्र होइन्, अक्षम्य पनि हुन्छ।’

यो पढनुहोस्

च्लचित्रसंग सम्बन्धित संस्थाहरु नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्धन्द्ध संघ, नेपाल चलचित्र नृत्य संघले संयुक्त रुपमा विज्ञप्ती जारी गरेका हुन्।

कुनै अभिव्यक्तिको टिप्पणीलाई लिएर सिंगो चलचित्र जगत अफवाहपूर्ण कुतर्क र एकअर्काको मानमर्दन हुनु दुःखपूर्ण रहेको वक्तव्यमा उल्लेख गरिएको छ।

 

Copyright © 2012 - 2026 | All Right Reserved.