पशुपति र सम्झनाको तीज गीत ‘लोभी दाई’ सार्वजनिक


काठमाडौं। लोकप्रिय गायक पशुपति शर्माले ‘लोभी दाई’ बोलको तीज गीत सार्वजनिक गरेका छन्।

उनले केही केही दिन अगाडि मात्रै ‘मुन्छे झिल्के झिल्के’बोलको तीज गीत सार्वजनिक गरेका थिए।

‘लोभी दाई’ पशुपतिको आधिकारीक युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएको छ। गीतमा पशुपति र सम्झना भण्डारीको स्वर छ। भने गीतमा पशुपतिकै शब्द/संगीत छ। गायक –गायिका पशुपति र सम्झना स्वयंमको अभिनय रहेको भिडियोमा दुर्गा पौडेलको छायाँकन तथा निर्देशन छ। भिडियोको सम्पादन नबिन घर्ति मगरले गरेका छन्।

गीतमा यो वर्षको तीजमा कोरोनाले पारेको प्रभावलाई प्रस्तुत गरिएको छ। दाजु र विवाहित बहिनीको वार्तामार्फत पशुपतिले कोरोनाले तीजमा पारेको प्रभावलाई अत्यन्तै रमाईलो तरिकाले ब्यक्त गरेका छन्।

पशुपति र सम्झनाले पछिल्ला हरेक वर्ष तीज गीत सार्वजनिक गर्दैै आएका छन्। यी दुईको सहकार्य रहेको गीतलाई स्रोता दर्शकले पनि रुचाउँदै आएका छन्। यसवर्षको तीज गीत ‘लोभी दाई’लाई पनि स्रोता दर्शकले रुचाउने अपेक्षा गरिएको छ।

हेर्नुहोस् भिडियो  :

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.