तीज नजिकिँदै जाँदा स्याङ्जामा रहेका पशुपति शर्मा भन्छन् : एउटा/दुईवटा तीज गीत त गाउँनै पर्ने हो


                                             शुभचिन्तकको प्रतिक्रिया : चेलीबेटीको तीज खल्लो होला नि फेरी !
पाल्पा। अवस्था सामान्य भैदिएको भए गायक पशुपति शर्माका नयाँ तीज गीत धमाधम रेकर्ड, छायाँकन तथा सार्वजनिक भएका हुन्थे। तीज गायकको उपमा समेत पाएका पशुपतिका तीज गीत स्रोता/दर्शकले सबैभन्दा रुचाउँदै आएका छन्। तर, कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण उनी तीन महिनादेखि घर स्याङ्जामा छन्। पशुपति गाउँमा हुँदा यसवर्ष तीज गीत रेकर्ड तथा छायाँकन गर्न पाएका छैनन्।

असार १ गतेदेखि लकडाउन खुकुलो भएसंगै राजधानी भएका केही कलाकारले तीज गीत सार्वजनिक गरेका छन्। केही तीज गीत सार्वजनिक हुँदै गर्दा पशुपतिलाई पनि धेरैले एउटा मात्र भएपनि तीज गीत गाउँनुपर्ने प्रतिक्रिया दिएका छन्।

मंगलबार पशुपतिले फेसबुकमा एउटा स्टाटस् लेखे, –‘हिजोबाट ४ महिना लाग्यो, कर्मभूमी काठमाडौं छाडेर जन्मभूमी स्याङ्जा आएको। खोई कसरी चल्छ जिन्दगी? यो पाली तीज गीत एउटा दुईवटा त गाउँनै पर्ने हो, पोखरा सम्म गएर भएपनि, सोँचिराछु।’

त्यसमा उनलाई धेरैले ‘पशुपतिले तीज गीत नगाए तीज नै खल्लो हुने’, ‘पशुपतिका गीत बजारमा नआएसम्म तीज आएजस्तो नलाग्ने’ आसयका प्रतिक्रिया दिएका छन्। दीपक कार्कीको प्रतिक्रिया छ, –‘हजुरको गीत बजारमा नआएसम्म तीज आए जस्तै लाग्दैन।’ त्यस्तै प्रविण मश्राङ्गीले सुझाव समेत दिएका छन्, ‘स्याङ्जा बसेर रचना गर्ने, पोखरा आएर रेकर्ड गर्ने कोरोना भाईरस सम्बन्धि गीत।’

गौरी शर्माले प्रतिक्रिया दिएकी छिन् ‘कोरोनाले गर्दा तीजमा माइत आउन पाइन भनेर एउटा सन्देश मुलुक गीत निकाल्न प¥यो।’ अजित तिमिल्सिनाले प्रश्न गरेका छन्, ‘चेलीबेटीको तीज खल्लो होला नि फेरी हजुरको तीज गीत बिना त ?’

यो पढ्नुहोस् : पशुपति शर्मा भन्छन्, :- अब त आफू गायक भन्ने नै बिर्सिएजस्तो लाग्न थाल्यो

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.