प्रथम गायिका रानुको निधन


सेलिब्रेटी नेपाल

काठमाडौँ:गायिका रानु देवी पौडेल अधिकारीको निधन भएको छ । ८४ वर्षको उमेरमा उनको बैसाख १८ गते, बिहिबार निधन भएको हो । बिहिबार नै उनको अन्त्यष्टी पनि गरि सकिएको छ । बि. सं. १९९३ साल मंसिर १२ गतेका दिन बिरगंजमा जन्मिएकी उनको काठमाण्डौमा निधन भएको हो ।

सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन। उनका एक छोरा र दुई छोरी छन् । कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहेकी रानुदेवीले निरंकुशता बिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर उत्कृष्ट कार्य स्मरण योग्य छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.