सलमान र कटरिना विवाह !


सेलिब्रेटी नेपाल

एजेन्सी: रनवीर कपुरको साथ छोड्दै पुनः सलमान खानको शरणमा पुगेकी कटरिना कैफ बलिउडमा व्यस्त अभिनेत्रीका रुपमा परिचीत छन् । रनवीर कपुरसँग हुँदा करिअर नै धरापमा परेपछि उनी सलमानको शरणमा पुगेकी थिइन् । सलमान खानले पनि पुराना कुरा बिर्सिएर कटरिनाको मदत गरे भने उनीसँगै धेरै फिल्ममा काम दिलाए ।

उनीहरु नजिकिएको पनि धेरै वर्ष भइसकेको छ । मिडिया रिपोर्टका अनुसार उनीहरुको विवाहको चर्चा पनि चलेको छ । तर, सलमान खानले यसबारे केहि बोलेका छैनन् ।

पछिल्लो समय कटरिना र सलमान खानले अभिनय गरेको फिल्म भारतले बक्स अफिसमा राम्रो कमाइ गर्न सफल भएको थियो । परिवारको जति नै दबाब भएपनि सलमान खानले हालसम्म विवाह गर्ने निर्णय भने लिएका छैनन् । धेरै युवतीसँग नाम जोडिए पनि कटरिनासँग भने सलमानको विशेष बोण्डिङ रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.