दीपिका बन्ने भइन् ‘द्रौपदी’


सेलिब्रेटी नेपाल

एजेन्सी: बलिउड अभिनेत्री दीपिका पादुकोणलाई महाभारतकी द्रौपदीको भूमिकामा देख्न पाइने भएको छ । महाभारतको पौराणिक कथामा आधारित भएर ठूलो पर्दाको फिल्म बन्ने भएको छ । उक्त फिल्ममा पादुकोणले प्रमुख भूमिका निभाउने भएकी छन् ।

यसअघि विभिन्न भूमिका निभाएर दर्शकको मन जित्न सफल भएकी पादुकोणलाई महाभारतकी द्रौपदीको रुपमा ठूलो पर्दामा देख्न पाइने भएको हो । महाभारतको कहानीलाई द्रौपदीको नजरबाट ठूलो पर्दामा बनाउन लागिएको हो ।

महाभारत निकै लोकप्रिय र महत्वपूर्ण कथामध्ये एक हो । तर नयाँ बन्ने फिल्मलाई भने फरक कोणबाट दर्शकसामु ल्याउन लागिएको छ । आफू द्रौपदीको भूमिका निभाउन पाउँदा निकै खुशी र रोमाञ्चक भएको पादुकोण बताउँछिन् ।

पादुकोण खेल्न लागेको महाभारतलाई २ वा सो भन्दा बढी भागमा बनाउने तयारी गरिएको छ । यसको पहिलो भाग सन् २०२१ को दिपावलीमा रिलिज हुने अपेक्षा गरिएको छ ।

नयाँ महाभारतलाई मधु मन्टेनाले निर्माण गर्न लागेका हुन् । सह-निर्माता भने पादुकोण आफैं बन्ने छिन् । फिल्ममा खेल्ने अन्य पात्रका बारेमा भने टुंगो लागेको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.