‘वार’ ले सात दिनमै कमायो २ सय करोड


सेलिब्रेटी नेपाल

एजेन्सी: गत २ अक्टोबरमा रिलिज भएको बलिउड चलचित्र ‘वार’’ सन् २०१९ मा सबैभन्दा चाँडो २ सय करोड भारतीय रुपैयाँ कमाउने चलचित्र बनेको छ । भारतमा चलचित्रले ७ दिनमा नै यो आँकडा पार गरेको हो । मङ्गलबार दसैँको छुट्टीको फाइदा यो चलचित्रलाई भयो । यसको हिन्दी संस्करणले सोमबारको तुलनामा ७ करोड बढी कमाइ गर्दै २७.७५ करोड भारु कमायो ।

सात दिनमा चलचित्रले कूल २१६.६५ करोड भारु आम्दानी गरेको छ । यसमा हिन्दी संस्करणको २०८.०५ र तमिल तेलुगु भर्सनको ८.६ करोड भारु शामिल छ । ऋतिक रोशन र टाइगर श्रौफ अभिनित चलचित्र ‘वार’ ले अक्षय कुमारको ‘मिसन मंगल’ र सलमान खानको ‘भारत’ लाई पछि छाडेको छ । यो चलचित्र यो वर्ष सात दिनभित्र सबैभन्दा बढी कमाई गर्ने तेस्रो हिन्दी चलचित्र पनि बनेको छ । यस सूचीमा शाहिद कपुरको ‘कबीर सिंह’ र विक्की कौशलको ‘उरी: द सर्जिकल स्ट्राइक’ क्रमशः पहिलो र दोस्रो स्थानमा रहेको छ । चलचित्रले १ दिनमा नै ५० करोडभन्दा बढी कमाइ गरेको थियो भने ३ दिनमा नै १ सय करोडको आँकडा भेट्टाएको थियो ।