वार गीत: ऋतिक र टाइगर कसको नृत्य उत्कृस्ट ?


सेलिब्रेटी नेपाल

एजेन्सी: ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ को नयाँ गीत सार्बजनिक गरिएको छ । बलिउडमा एक्सन र नृत्यमा अत्याधिक रुचाइएका अभिनेता ऋतिक र टाइगरले गीतमा कम्मर मर्काएका छन् । यी दुई मध्ये कसको नृत्य अब्बल छ त्यो जाच्ने काम दर्शकको हो । दुवै जना बलिउडका स्टार हुन् । यी दुइले पहिलो पटक ‘वार’ मा स्क्रिन शेयर गरेका हुन् ।

‘जय जय शिवशंकर’ बोलको होली गीतमा यी दुई अभिनेताको स्टेप्सले दर्शकको मन जित्छ । टाइगर टिम र ऋतिक टिमको गीतमा प्रतिस्पर्धा समावेश गरिएको छ । विशाल डाडलानी र बेन्नी डायल स्वर दिएको गीतमा विशाल र शेखरले संगीत भरेका छन् ।

सिद्दार्थ आनन्द निर्देशित ‘वार’मा ऋतिक र टाइगरका अलावा वाणी कपूरको मुख्य भूमिका छ । यसराज व्यानरको चलचित्र अक्टुबर २ (असोज १५) बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।