सलमानको ‘दबंग ३’ को प्रदर्शन मिति सर्न सक्ने


सेलिब्रेटी नेपाल

एजेन्सी: बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ यसै वर्षको डिसेम्बर २० मा प्रदर्शन हुने भनिएको छ । अधिकांश दर्शकलाई यो चलचित्रको प्रदर्शन मिति पहिले नै थाहा हुन्छ किनकी बलिउडका सुपरस्टारहरूले आफ्नो चलचित्रको प्रदर्शन मिति खासै फेरबदल गर्दैनन् । तर सलमान ‘दबंग ३’को प्रदर्शन मिति सार्ने साेंचमा आएका छन् ।

उनले ‘इंशाअल्लाह’मा काम नगर्ने भएपछि ‘दबंग ३’को प्रदर्शन मिति सार्न लागेका हुन् । सलमान हरेक वर्षको इदमा आफ्नो चलचित्र लिएर आउने गरेका छन् । यसअघि उनले २०२०को इदमा ‘इंशाअल्लाह’ लिएर आउने सोंच बनाएका थिए ।

तर ‘इंशाअल्लाह’ नहुने भएपछि उनले ‘इंशाअल्लाह’ प्रदर्शन गर्ने साेंच बनाएको २०२०को इदमा हाल धमाधम सुटिङ चलिरहेको ‘दबंग ३’ प्रदर्शन सोंच बनाइरहेका छन् । भारतीय मिडियाका अनुसार भने उनकै चलचित्र ‘किक २’को प्रदर्शन हुनसक्ने बताएका छन् । तर चलचित्रको सुरसारै नभएकाले सलमानले इदमा ‘दबंग ३’ प्रदर्शन गर्ने बताएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.