रियल जोडीको गीत ‘लालुमै लालुमै’, दोहोरो भूमिकामा देखिए प्रकाश सपूत


काठमाडौं। ‘लालुमै लालुमै’ बोलको गीत सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा एक कार्यक्रममाबीच चर्चित संगीतकार शम्भुजित बास्कोटा, चर्चित गायिका कुन्ती मोक्तान लगायतको उपस्थितिमा गीतको बिमोचन गरिएको हो।

सुरज थापाको शब्द/संगीत रहेको गीतमा वास्तविक रियल जोडी विवेक र तारा थापाले स्वर दिएका छन्।

बिमोचन कार्यक्रममा बोल्दै संगीतकार बास्कोटाले गीत र भिडियो राम्रो बनेको प्रतिक्रिया दिँदै रियल जोडीलाई सांगीतिक सफलताको शुभकामना दिए। त्यस्तै गायिका कुन्ती मोक्तानले नेपाली मौलिक गीत बनेको बताइन्।
सांगीतिक क्षेत्रमा पाइला चाल्दै गरेका विवेक र ताराले आफ्नो गीतलाई स्रोता तथा दर्शकले रुचाउने विश्वास ब्यक्त गरे।

यो गीतको भिडियोमा गायक तथा मोडल प्रकाश सपूत दोहोरो भूमिकामा प्रस्तुत छन्। बाबु र छोराको भूमिका प्रकाशले निभाएका छन्। साथमा रियाशा दाहाल र कुमार लामा भिडियोमा फिचर्ड छन्। भिडियो आकर्षक तरिकाले निर्माण गरिएको छ।

गम्भिर विष्टको कोरियोग्राफी रहेको भिडियोलाई सुरज थापाले नै निर्देशन गरेका हुन्।

उत्तम हुँमागाइँको छायांकन रहेको भिडियोलाई प्रविण भटटले सम्पादन गरेका हुन्।

हेर्नुहोस् भिडियो :