चर्चित अभिनेत्री विद्याको निधन


सेलिब्रेटी नेपाल

एजेन्सी: ७० तथा ८० को दशककी चर्चित बलिउड अभिनेत्री विद्या सिन्हाको निधन भएको छ। उनको ७१ वर्षको उमेरमा उपचारका क्रममा बिहिबार मुम्बईको जुहुस्थित एक अस्पतालमा निधन भएको हो।

केहि दिन अगाडी स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। फोक्सो तथा मुटुमा गम्भिर समस्या भएकी उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो।

उनी ‘छोटी सी बात’, ‘रजनीगन्धा’, ‘पति पत्नी और वो’, मुक्ती’ जस्ता सिनेमामा गरेको कामका लागि चर्चित छिन्। सिनेमाका अलावा उनी टेलिभिजनमा पनि सक्रिय भइन्। उनले कयौं टेलिभिजन शोहरूमा काम गरेकी छन्। उनको पहिलो सिनेमा भने सन् १९७४ मा बनेको ‘राजा काका’ हो जसमा उनले किरण कुमारको जोडी बनेर काम गरेकी थिइन्।

‘रजनीगन्धा’ लगत्तै बनेको ‘छोटी सि बात’ले उनलाई लगातार दोश्रो सफलता दिलाएको थियो। यी सिनेमाको सफलताले उनलाई ठूला बजेट र ब्यानरका सिनेमामा प्रवेश गर्ने ढोका खोलिदियो।

त्यसपछि उनले राजेश खन्ना र सबाना आजमीसँग ‘करम’, संजिब कुमार र शशी कपुरसँग’मुक्ती’, विनोद खन्नासँग ‘इन्कार तथा गुलजारको ‘कितान’ तथा मिरा’ जस्ता चर्चित सिनेमामा काम गरिन्।

उनलाई राज कपुरले ‘सत्यम् शिवम् सुन्दरम्’ खेल्ने प्रस्ताव गरेका थिए, जसलाई उनले लत्याएकी थिइन्। यसका बारेमा उनले ओफशोच समेत व्यक्त गरेकी थिइन्।

आफ्नो करियरमा करिब ३० सिनेमामा काम गरेकी छन्। ८० को मध्य दशकदेखि करियर ओरालो लागेपछि उनी केहि समयका लागि अस्ट्रेलिया सरेकी थिइन्। त्यसको केहि समयपछि भारत फर्केट टिभीमा सक्रिय भएकी थिइन्।

२ विवाह गरेकी विद्याको पहिलो पति वेकेटेश्वर अय्यरसँग उनको प्रेम विवाह भएको थियो। अय्यर उनका छिमेकी थिए। उनको १९९६ मा निधन भएपछि विद्याले अस्ट्रेलिया बस्ने नेताजी भीम राओ सालुखेसँग दोश्रो विवाह गरिन्। दोश्रा पतिले शारिरिक तथा मानसिक यातना दिएको भन्दै उनले २००१ मा डिभोर्स गरेर भारत फर्किएकी थिइन्। उनको जान्हवी नाम गरेकी एक छोरी रहेकी छन्। विद्या सिनेमा निर्माता प्रताप ए रानाकी छोरी हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.