वरुण धवन सुटिङ सेटमै बेहोस ! रोकियो ‘सुपर डान्सर’को सुटिङ


सेलिब्रेटी नेपाल

एजेन्सी: अभिनेता वरुण धवन चलचित्रको छायांकन गर्दा गर्दै बेहोस भएका छन्। चलचित्र ‘सुपर डान्सर – थ्रीडी’ को छायांकनमा १८ घण्टा निरन्तर काम गरेका धवन कमजोरी भएर बेहोस भएका हुन्। चिकित्सकले उनको रक्तचाप कम भएको बताएका छन्। उनलाई रुघाखोकी र सामान्य ज्वरो आएको छ।

रेमो डिसुजाको चलचित्र ‘सुपर डान्सर थ्री डि’ को सुटिङ जुलाई २६ मा सक्किने बताइएको छ, त्यसैले यो कामको धेरै प्रेसर भएकोले वरुणलाई समस्या भएको बताइएको छ।

चलचित्रमा धेरै प्रकारको डान्स भएकोले उनी निरन्तर यसमा मेहनत गरीरहेका छन्। उनी नाँच्दा नाँच्दै पसिना पसिना भएका थिए र बेहोस भएका थिए। वरुण बेहोस भएपछि रेमोले तत्काल चिकित्सकलाई देखाएका थिए। वरुणलाई समस्या भएपछि रेमोले सुटिङ दुई दिनलाई रोकेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.