राजकुमार हिरानीको फिल्ममा शाहरुख खान


सेलिब्रेटी नेपाल

एजेन्सी: बलिउड सुपरस्टार शाहरुख खान अर्का चर्चित निर्देशक राजकुमार हिरानीको फिल्ममा मुख्य भूमिकामा आउने भएका छन् । फिल्म रोमान्टिक लभ स्टोरी हुने बताइएको छ । राजकुमार हिरानीले अहिलेसम्म निर्देशन गरेका कुनै पनि फिल्म असफल भएका छैनन् ।

हिरानीले निर्देशकको रुपमा ‘मुन्ना भाइ एमबीबीएस’ बाट डेब्यू गरेका थिए । त्यसपछि निर्देशकको रुपमा उनले ‘लगे रहो मुन्ना भाइ’, ‘थ्री इडियट्स’, ‘पीके’ र ‘संजु’ बनाए । यी सबै फिल्म सफल रहे ।

राजकुमार हिरानी र शाहरुखका बीचमा यही फिल्मलाई लिएर धेरै पटक मिटिङ भइसकेको छ। त्यसपछि किङ खान नयाँ प्रोजेक्टका लागि तयार भएको एजेन्सीहरुले जनाएका छन्। छिट्टै राजकुमार हिरानीसँगको नयाँ फिल्मी यात्राका बारेमा शाहरुखले घोषणा गर्ने छन्। राजकुमार हिरानीको ब्यानरमा बन्ने यो फिल्मको निर्माण पनि हिरानीले नै गर्ने छन्। फिल्म जिरोको असफलतापछि शाहरुख कुनै प्रकारको जोखिम उठाउन तयार छैनन्।

Copyright © 2012 - 2026 | All Right Reserved.