ऋतिक रोशन स्टारर ‘सुपर ३०’ को ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल

एजेन्सी: बलिउड अभिनेता ऋतिक रोशन स्टारर प्रतिक्षित फिल्म ‘सुपर ३०’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा ऋतिकले ‘सुपर ३०’ लाई उत्पादन गर्न गरेको संघर्ष र त्यागलाई देखाइएको छ । उनले इण्डियाको गरिब परिवारबाट कसरी ३० होनहारलाई विश्व सामु चिनाउछन भन्ने कथामा फिल्म आधारित छ ।

जुलाई १२ मा प्रदर्शन हुने फिल्ममा आकर्षण भने ऋतिक नै हुन् । गत जनवरी २५ मा फिल्म रिलिज हुने तयारी थियो तर उक्त डेटमा कंगना रनौत अभिनित फिल्म ‘मनिकर्णिका’ रिलिज हुने भएपछी ऋतिकले नै फिल्मको प्रदर्शन मिति परिवर्तन गरेका थिए । यति मात्र नभई फिल्मका निर्देशक बिकास बहल मिटु काण्डमा मुछीएपछी निर्माण टिमले केहि समय फिल्मको काम समेत रोकेको थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.