रणवीर संग ब्रेकअपपछि विन्दास कटरीना


सेलिब्रेटी नेपाल

एजेन्सी: अभिनेत्री आलिया भट्टसँग प्रेम सम्बन्ध रहनुअघि बलिउड अभिनेता रणवीर कपुर अभिनेत्री कटरीना कैफसँग सम्बन्धमा थिए। त्यो समयमा कटरीनाका लागि रणवीरले आफ्नो घर पनि छोडेर दुवैजना ‘लिभ–इन’ सम्बन्धमा थिए। अहिले यो जोडी प्रेम सम्बन्धमा छैनन्। कटरीनासँगको अघोषित ‘ब्रेकअप’ पछि रणवीरले कटरीनासँगको सम्बन्धबारे मुख खोलेका छैनन्। तर कटरीनाले भने रणवीरसँगको प्रेम अनुभवबारे मुख खोलेकी छन्।

उनले रणवीरसँगको प्रेम सम्बन्ध टुंगिएपछि आफूले भोगेका अनेक विषयलाई पहिलोपटक मिडियामा राखेकी छन्। ‘मेरो पछिल्लो सम्बन्ध सकिएपछि मेरो जिन्दगीमा सायदै धेरै परिवर्तन आए। म आफ्नो जिन्दगीसँग जोडिएका कुराको धेरै विश्लेषण गर्न थालेकी छु। जे कुरा हुन्छ, त्यो केही कारणले नै हुन्छ। मलाई सम्झना छ कि म जनवरीमा ‘बार बार देखो’को सुटिङका लागि थाइल्याण्ड जान प्लेनमा थिएँ।

उनले केही कुराले मानिसलाई समस्या दिए पनि त्यसले सामना गर्ने शक्ति मानिसलाई उसैगरी दिने बताइन्। ‘म कोठामा एक्लै बसेर धेरै समय ढोकातिर हेरिरहन्छु। जब केही कुराले तपाईंको भावनालाई चोट पु¥याउँछ भने म त्यस्तै हुन दिन्छु। जब म कुनै कुराको सामना गर्छु। त्यो बेला म आफैं बच्ने कोशिस गर्छु।

तर त्यसले मलाई धेरै समस्या दिन्छ’, कटरीना थप्छिन्, ‘म योगा गरिरहँदा मेरो गुरुले मलाई ‘तिमी ठिक छौ कि छैनौ ?’ भनेर सोध्नुहुन्छ। मैले ‘म ठिक छु’ भन्दा गुरुले ‘तिमी त रोइरहेकी छौ’ भन्नुभयो। मैले वास्तवमै रुन शुरु गरेको थिएँ। यो सबै कुरा बाहिर ल्याउनु जरुरी पनि थियो। अब म हरेक विषयबाट बच्ने कोशिस गर्दिनँ। मलाई समस्या दिने हरेक विषयको सामना गर्न म तयार भइसकेकी छु।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.