आयुष्मान खुरानाको फिल्म ‘आर्टिकल १५’ को टिजर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

एजेन्सी: आयुष्मान खुराना अभिनित नयाँ चलचित्र ‘आर्टिकल १५’को टीजर सार्वजनिक गरिएको छ । सोमबार युट्युबमा सार्वजनिक भएको टीजरमा आयुष्मान पुलिसको भूमिकामा देखिएका छन् । अभिनव सिन्हाले निर्देशन गरेको ‘आर्टिकल १५’ सत्य घटनामा आधारित भएको भनिएको छ । यसैगरी भारतको संविधानले धारा १५मा दिएको अधिकार त्यसको कानुनी प्रयोजन कसरी भएको छ भन्ने विषयलाई चलचित्रले प्राथमिकता दिएको बताईएको छ । उत्तरप्रदेश को बदायूमा भएको बलत्कार तथा हत्या को घटनामा चलचित्र आधारित छ ।

दुइ दलित बालिकाको सामुहिक बलत्कारपछी गरिएको हत्या पछी यस विषयलाई लिएर विश्वभर तरङ्ग फैलिएको थियो । घटना २७ मे का दिन भएको यस घटनालाई सम्झिँदै चलचित्र निर्माण पक्षले टिजर पनि २७ मे कै दिन रिलिज गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.