ऋषि कपुरलाई क्यान्सर भएको खुलासा


सेलिब्रेटी नेपाल

एजेन्सी: बलिवुड अभिनेता ऋषि कपुरलाई क्यान्सर भएको खुलासा भएको छ । पछिल्लो सात महिनादेखि अमेरिकाको न्यूयोर्कमा उपचार गराइरहेका ऋषि कपुरलाई के भएको भन्ने अहिलेसम्म खुलेको थिएन । यस अघि ऋषि कपुरलाई क्यान्सर भएको भन्ने खबरको रणबिर कपुरले यो केवल हल्ला भएको बताएका थिए । तर अहिले ऋषि कपुरका नजिकका साथी तथा फिल्म मेकर राहुल जैनले सामाजिक संजालमा ऋषि कपुरसँगको पोष्ट सार्वजनिक गर्दै ऋषि कपुर अब ‘क्यान्सर फ्री’ भएको उल्लेख गरेका छन् ।

यसअघि ऋषि कपुरकी पत्नी नितु कपुरले नयाँ बर्ष २०१९ को शुभकामना लेख्दै ऋषि कपुरलाई क्यान्सर नै भएको संकेत गरेकी थिइन् । उनले प्रदुषण कम होस्, आशा गरौ भविष्यमा क्यान्सर एक राशि मात्र होस् भनेकी थिइन् । ऋषि कपुर विरामी भएको बेला पनि सामाजिक संजालमा भने सक्रिय रहेका छन् । पछिल्लो समय उनी अनुभव सिन्हाको फिल्म मुल्कमा काम गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.