अनमोल स्टारर ‘ए मेरो हजुर ३’ प्रदर्शन आरम्भ


सेलिब्रेटी नेपाल

काठमाडौँ: नयाँ बर्षको अवसर छोप्दै अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ ले प्रदर्शन आरम्भ गरेको छ । स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही चलचित्रबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् । चलचित्रमा अनमोल केसीको डबल रोल रहेको छ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ । चलचित्र ‘यात्रा’ पनि आज बाट नै प्रदर्शनमा आएको छ।