‘आरुसी’ को दोश्रो गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘आरुसी’ को दोस्रो गीत सार्बजनिक गरिएको छ । मंगलबार ओएसआरको युट्युव च्यानल मार्फत चलचित्रमा समाबेश लोकलयमा आधारित ‘डालीमा हो डालीमा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सुसन साम्सोहाङ लिम्बु र सुम्निमा इङ्नामको स्वर रहेको छ । लय संग्रोलाको शब्द रचनामा विकास चौधरी संगीतबद्ध गीतमा पुराना एवं पाका कोरियोग्राफर कमल राईको नृत्य निर्देशन रहेको छ ।

उदय सुब्बाको निर्देशनमा तयार भएको चलचित्र ‘आरुसी’ लाइ साहारा प्रधान, केशव कुमार श्रेष्ठ र विरु गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रलाई मौनता श्रेष्ठले लेखेका हुन् । चलचित्रमा इशक राई, रमा लिम्बु, कला राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । इशकले यसै चलचित्रबाट नायकको रुपमा डेव्यु गरेका हुन् । सार्वजनिक गीतमा इशक र रमा फिचर भएका छन् । यो चलचित्र आगामी असार २७ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ ।