विश्वकै शक्तिशाली महिलाको सूचीमा प्रियंका चोपडा


सेलिब्रेटी नेपाल

एजेन्सी: केही दिनअघि मात्र अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस विश्वकै गायक मध्ये पहिलो नम्बरमा थिए । अब प्रियंकाको सफलतालाई हेर्दा यो जोडी एकअर्काका लागि भाग्यमानी सावित भएको छ । प्रियंकाले विश्वभरमा मनोरञ्जन क्षेत्रमा उत्कृष्ट ५० मा आफ्नो नाम जमाउन सफल भएकी छन् । प्रियंका ‘युएस टूडे’को मनोरञ्जन क्षेत्रको ‘शक्तिशाली ५० महिला’को सूचीमा समावेश भएसँगै उनको चर्चा थप चुलिएको छ ।

प्रियंकासँगै चर्चित अभिनेत्री ओपरा बिन्फ्रे र मेरिल स्ट्रीप पनि सो सूचिमा छन् । गायिका बियोन्से, टेलिभिजन स्टार इलन डिजेनेर्स, ओस्कार विजेता जेनिफर लवरेन्स पनि सो सूचीमा छन् । प्रियंकाले सूचीमा समावेश हुन पाउँदा सम्मानित महसुस भएको प्रतिक्रिया दिएकी छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.