बलिउड अभिनेत्री मुग्धा र अभिनेता राहुल काठमाडौं आउँदै


सेलिब्रेटी नेपाल

काठमाडौँ: बलिउडका मोडल तथा अभिनेता राहुल देव र अभिनेत्री मुग्धा गोडसे काठमाडौंमा यहि ९ चैतमा हुने एक फेसन सोमा सहभागी हुन नेपाल आउने भएका छन् । मुग्धा मिस इन्डिया २००४ की सेमिफाइनलिस्ट समेत हुन् । उनले बलिउडमा फेसन फिल्मबाट डेब्यु गरेकी थिइन् ।

नेपाल भ्रमण बर्ष २०२० प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल सिटिजन इन्टरटेन्टमेन्ट फाउन्डेसनले सोल्टि होटलमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय बलिउड फेसन सो राहुल देव र मुग्धा सहभागी हुने निश्चित भएको हो । जसमा नेपाल र भारतका चर्चित मोडेलहरुको क्याटवाक गर्नेछन ।

महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्धको अभियानका लागि समेत सो फेसन सोले सहकार्य गरेको छ । फाउन्डेसनका अध्यक्ष राजन श्रेष्ठले यो परम्परागत फेसन शोभन्दा फरक रहेको दावी गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.