नेपाल आएका गायक सोनु निगम नर्भिक अस्पताल भर्ना


सेलिब्रेटी नेपाल

काठमाडौँ: केही समयअघि मात्र गम्भीर एलर्जीका कारण अस्पतालको आइसीयुमा भर्ना भएर उपचार गराइ फर्केका भारतीय चर्चित गायत सोनु निगम पुनः बिरामी परेका छन् । यसपटक भने उनी नेपाल आएका बेला बिरामी भएका हुन् । उनलाई काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनी पोखरामा रहेका बेला स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि उनलाई तत्काल काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको हो ।

उनी आइतबार नेपाल आएका हुन् । आफ्नो एक म्युजिक भिडियो छायांकनको लागि पोखरा पुगेका निगमको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइएको हो । उनी आफ्नो पत्नी र छोरासहित नेपाल आएका हुन् । उनले नेपाल आएको जानकारी इन्स्टाग्राम मार्फत दिएका थिए । दुई साता अघिमात्र उनी छालाको एलर्जीका कारण गम्भीर बिरामी भएपछि मुम्बइको एक अस्पतालमा आइसीयुमा भर्ना हुनु परेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.