बलिउड अभिनेत्री शवानालाई स्वाइन फ्लु,अस्पताल भर्ना


सेलिब्रेटी नेपाल

एजेन्सी: बलिउडकी अभिनेत्री शवाना आज्मीलाई स्वाइन फ्लु भएको छ । उनलाई केही समयदेखि रुघा खोकीले सताइरहेको थियो । नियमित परिक्षण गर्दै जादाँ स्वाइन फ्लु भएको पुष्टि भएको छ ।

उनले भनेकी छिन्, ‘यो समय आराम गर्ने हो । मलाई आराम गर्ने समय पनि मिलेको छ । म अस्पतालमा भर्ना भएकी छु । उपचार चलिरहेको छ । ‘भारतमा पछिल्लो समय स्वाइन फ्लुबाट संक्रमितहरुको संख्या दिनहुँ बढेको छ । गएको हप्तामात्रै ८६ जना मानिसको ज्यान गएको थियो । गएको वर्ष आमिर खान र उनकी श्रीमती किरन रावलाई पनि स्वाइन फ्लु भएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.