महेशबाबु संग रोमान्स गर्दै कटरीना


सेलिब्रेटी नेपाल

एजेन्सी : बलिउडकी ‘बार्बी डल’ भनेर चिनिएकी कटरीना कैफ अभिनयका लागि मात्र होइन सुन्दरताको हिसाबले पनि उत्तिकै चर्चित छिन् । हालैमात्र उनी ‘ठग्स अफ हिन्दुस्तान’मा देखिएकी थिइन् । फिल्ममा नृत्य र अभिनय कुशल रहे पनि फिल्म सफल हुन सकेन । मूलधारको प्रतिक्षित फिल्म नचलेपछि कटरीनाको नजर दक्षिण भारतको फिल्म तिर जान थालेको छ ।

समाचार अनुसार दक्षिण भारतका सुपरस्टार महेश बाबु हालका दिनमा फिल्म ‘महर्षि’ मा व्यस्त छन् । यो फिल्ममा उनको अपोजिटमा कटरीना रहने चर्चा छ । फिल्म निर्माताले बलिउडका धेरै सुन्दर नायिकाहरुको नाममा विचार विमर्श गरेपछि कटरीनाको नाम फाइनल भएको बताइएको छ ।

यो फिल्म आगामी अप्रिलमा रिलिज हुनेछ । यतिबेला फिल्मको स्क्रिप्टको काम चलिरहेको छ । कटरीनाले यो फिल्ममा खेल्ने प्रस्तावलाई स्वीकारिन् भने यो उनको तेस्रो तेलुगु फिल्म हुनेछ । उनले यसअघि वेंकटेशसँग ‘मालिसवर’मा काम गरेकी थिइन् । त्यस्तै नन्दामुरी बालाकृष्णासँग उनले ‘अल्लारी पिद्दुगु’मा पनि अभिनय गरेकी थिइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.