शाहरुख खानको फिल्मबाट करिना आउट


सेलिब्रेटी नेपाल

एजेन्सी : शाहरुख खानको फिल्म ‘जिरो’ फ्लप भएपछि उनले अर्को फिल्म ‘स्यालुट’लाई लिएर नयाँ निर्णय गरेका छन् । यस फिल्मको सुटिङ तीन महिनापछि सुरु हुने चर्चा थियो । तर, शाहरुखले अब तुरुन्तै सुरु गर्ने निर्णय गरेका छन् । लामो समयदेखि स्यालुटको मुख्य अभिनेत्रीमा करिना कपुर हुने खबर बाहिर आएको थियो ।

फिल्मबाट करिनालाई आउट गरिएको खबर आएको छ । अब करिनाको ठाउँमा फतिमा सना शेखलाई लिने चर्चा चलेको भारतीय मिडियाले जनाएका छन् । एक पोर्टलका अनुसार फिल्मको मुख्य अभिनेत्रीको खोजी भइरहेको छ । त्यसमा फतिमाको सम्भावना बढी रहेको बताइएको छ । स्यालुटमा शाहरुखभन्दा पहिले आमिर खानलाई अफर भएको थियो । आमिरले फिल्ममा काम पनि सुरु गरिसकेका थिए । तर, केही कारणवश उनले फिल्म छाडेपछि शाहरुखले खेल्ने पक्का भएको हो । एक अन्तर्वार्तामा शाहरुखले भनेका थिए, ‘आमिर खानलाई धन्यवाद ! उनका कारण मलाई यति राम्रो फिल्म मिल्यो ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.