कंगनाको ‘मणिकर्णिका’ लाइ चोरीको आरोप


सेलिब्रेटी नेपाल

एजेन्सी : कंगना रनावतको पछिल्लो फिल्म ‘मणिकर्णिका द क्विन अफ झाँसी’ को ट्रेलर डिसेम्बर मा १८ सार्बजनिक गरियो । ट्रेलर लन्च कार्यक्रममा कंगना रानी लक्ष्मी बाइ्को रुपमा प्रस्तुत भएकी थिइन् ।

दर्शकले फिल्मको ट्रेलर खुब रुचाएका छन् । ट्रेलरको एक दृश्यमा कंगना एक्सनमा उत्रिएकि छिन् । सबै राम्रो भए पनि ट्रेलर केही दृश्यमा हल्का भएको समिक्षकहरुले जनाएका छन । एक्सन सिनका लागि भिएफएक्सको प्रयोग भएको प्रस्टै रुपमा देखिन्छ ।

केही सिन बलिउडका पछिल्लो समयका केही ऐतिहासिक फिल्मबाट कपी गरिएको आरोप समेत लागेको छ । बलिउडमा यो भन्दा पहिले केही ऐतिहासिक फिल्म बनेका छन् । कंगनाले यिनै फिल्मबाट प्रेरित भएर नक्कल गरेको भन्ने आरोप उनलाई लागेको छ । ‘मेहोन्जोदारो’, ‘बाहुबली’, ‘जोधा अकबर’, ‘बाजिराओ मस्तानी’लगायत ऐतिहासिक फिल्मबाट प्रेरित भएको उनीमाथि आरोप लागेको छ । अब यो आरोपलाइ कंगना ले कसरि खण्डन गर्ने हुन् त्यो त पछि नै थाहा हुनेछ यो फिल्म २५ जनवरी बाट प्रदर्शनम आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.