भारतीय गायक मीका सिंह पक्राउ


सेलिब्रेटी नेपाल


एजेन्सी: भारतीय गायक मीका सिंह दुबईमा यौन शोषण आरोपमा पक्राउ परेका छन् । उनीमाथि १७ वर्षीया ब्राजीलियन किशोरीको यौन शोषण गरेको आरोप लागेको छ । ब्राजीलको निवेदनअनुसार मीकालाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यम अनुसार युवती ब्राजीलियन मोडल रहेको बताइएको छ ।

मीकालाई बुधबार राती तीन बजे दुबई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पीडित किशोरीले मीकामाथि अश्लील तस्वीर पठाएको आरोप लगाएकी छन् । सांगीतिक कार्यक्रमका लागि मीका दुबई गएका थिए । दुबई प्रहरीले मीकालाई हिरासतमा लिएको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.