रजनीकान्तको २.० मा देखिनेछ रोबटको लभ


सेलिब्रेटी नेपाल

एजेन्सी: सुपरस्टार रजनीकान्तको बहुप्रतिक्षित फिल्म २.० नोभेम्बर २९ मा प्रदर्शन हुँदैछ। फिल्मको ट्रेलर सार्बजनिक भइसकेको छ। ट्रेलरलाई दर्शकले रुचाएका छन्। ट्रेलरको कारण नै फिल्म प्रतिक्षित बनेको हो ।

यस फिल्ममा रजनीकान्त र एमी जैक्सनको जोडी देख्न सकिन्छ। समाचारका अनुसार फिल्मको कथा टेक्नो लभ स्टोरीमा आधारित छ। सन् २०१० मा प्रदर्शन भएको रजनीकान्तको फिल्म रोबटमा देखाइएको थियो की रोबट भित्रपनि दिल हुने गर्दछ। योभित्र इमोशन हुने गर्दछ। अब यो फिल्ममा रोबोट संगको लभ अझै देख्न पाइनेछ ।

फिल्मको निर्देशन एस शंकरले गरेका थिए। अब २०१८ मा एस शंकर २.० लिएर आउन लागेका हुन्। यस फिल्ममा देखाइएको छ की कसरी रोबटले आफ्नो भावना देखाउन सक्छ र प्रेम गर्न सक्छ। फिल्ममा एमी र रजनीकान्तको लभ स्टोरी देखाइएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.