तक्लु बन्नुस नगद पचास हजार जित्नुस


सेलिब्रेटी नेपाल काठमाडौँ

माघ २५लाई आफ्नो प्रदर्शन मिती तय गरेको चलचित्र प्रेमलीलाले आफ्नो प्रोमोसन सुरु गरेको छ । चलचित्र प्रोमोसनलाई व्यापकता दिने योजना अनुसार चलचित्र निर्माण यूनिटले ‘तक्लु ब्युटी कन्टेस्ट’ को आयोजना गर्ने भएको छ ।

सुन्दरता आँखाको भ्रम हो । मानिसलाई उसको बाहिरी रुप हेरेर होइन मन हेरेर सुन्दर या कुरूप छुट्याउन सकिन्छ । महिलाका लागि कपाल पक्कै प्यारो छ । कपाल हुँदा र नहुँदा उसको बाहिरी सुन्दरतामा धेरै असर पर्छ । हामीले पनि बाहिरी सुन्दरतालाई नै महत्व दिएका छौँ । मैले पनि म तक्लु बन्दाको फरक पन र मानिसले महिलाको सुन्दरता हेर्ने नजरको महसुस गरेकी छुु, चलचित्रमा तक्लु बनेकी अभिनेत्री तथा निर्मात्री दीपशिखा खड्काले भनिन्, ‘त्यो अनुभव सबैसंग साट्नका लागि तक्लु ब्युटी कन्टेस्टु आयोजना गर्न लागेको हौँ ।’

प्रतियोगितामा महिलाहरु मात्र सहभागी हुन सक्नेछन् । सहभागिताका लागि चलचित्रको अफिसियल फेसबुक पेज प्रेम लीला लाइक गरी आफ्नो कन्ट्याक्ट डिटेल्स सहित तक्लु मेकअप गरेको फोटो पठाउनु पर्ने छ । प्राप्त फोटोहरुलाई संकलन गरेर उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइनेछ । अन्तिम १०लाई निर्णायक तहमा लगेर निर्णायकको निर्णय अनुसार प्रथम हुनेलाई रु ५०,००० दोश्रो हुनेलाई रु २५,००० र तेश्रो हुनेलाई १०,००० नगद पुरस्कार प्रदान गरिनेछ ।

दीपशिखा खड्काकै कथा रहेको चलचित्रमा इण्डो नेपाल लभ स्टोरी समेटिएको छ । चलचित्रमा खड्कासंगै भारतीय मोडल अलि खान मुख्य भूमिकामा रहेका छन् । उनको यो डेब्यु नेपाली चलचित्र हो । चलचित्रमा निर्देशन जनक पाण्डेको रहेको छ भने छायांकन पवन गौतमले गरेका हुन् । चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । चलचित्रमा दीपशिखा र अलीसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.