पारिवारिक प्रेमकथा ‘गुनगुन’


सेलिब्रेटी नेपाल काठमाडौँ

कार्तिक ३० बाट प्रदर्शनमा आउने चलचित्र ‘गुनगुन’को ट्रेलर तथा दुई सार्वजनिक भईसकेको छ । आउदै गरेको चाडपर्वलाई लक्षित गर्दै निर्माण युनिट विभिन्न इभेन्टमा सहभागी हुने सोचाइमा समेत छन् । यसै बीच निर्माण पक्षले चलचित्रको विषयवस्तुको बारेमा जानकारी गराएका छन् । निर्देशक , निर्माता तथा कलाकार पुकार भट्टराई र कलाकारहरु सुवास मेचे तथा रविन्द्र प्रताप सेनले जानकारी गराएका हुन् । यिनले चलचित्रको कथा समसामयिक रहेको जनाउदै चलचित्र पारिवारिक प्रेम कथा रहेको बताए । चलचित्रमा शिर्ष भूमिकामा अभिनेत्री संचिता लुइँटेल छिन ।

प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ । फिल्ममा हिमाल केसीको द्वन्द , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.