‘मुन्द्रेको कमेडी क्लब’ नेपाल टेलिभिजनमा


सेलिब्रेटी नेपाल काठमाडौँ

हास्य कलाकार जितु नेपालको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ नेपाल टेलिभिजन मार्फत प्रसारणमा आउने भएको छ। शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्माण युनिटले उक्त कार्यक्रम प्रसारणमा आउन लागेको जानकारी दिएको हो। कलाकार जितु नेपालको कार्यक्रम ‘जिरे खुर्सानीबाट स्थापित नाम ‘मुन्द्रे’बाट नयाँ कार्यक्रमको नाम जुराइएको हो।

हास्यकलाकारहरु जितु नेपालसहित राजाराम पौड्याल, दिपाश्री निरौलाको समेत उपस्थिति रहने कार्यक्रममा अन्य कलाकारहरु उमेश राई ‘फुलुन्देकी आमा’, राजेन्द्र नेपालीलगायतको अभिनय रहनेछ। कार्यक्रम प्रत्येक सोमबार ८. ५० मा नेपाल टेलिभिजन बाट आउने छ । विभिन्न स्केच कमेडी तथा सेलिब्रिटी टक सोको फरमेट पछ्याउदै नेपालीपनसहितको नयाँ कार्यक्रम दर्शकमाझ ल्याउन लागिएको निमार्ण युनिटले जानकारी दिएको छ।

विगत लामो समयअघिदेखि टेलिभिजनको पर्दामा ‘जिरे खुर्सानी’, ‘तितो सत्य’ जस्ता हास्यव्यंग्य कार्यक्रम दर्शकबीच लोकप्रिय रहेकाले ती कार्यक्रमको अभाव पूर्ति गर्न पनि ‘मुन्द्रेको कमेडि क्लव’ टेलिभिजनको पर्दामा ल्याइएको कार्यक्रममा कलाकार दिपाश्री निरौलाले जानकारी दिइन्। कि इन्टर टेन्मेंटको प्रस्तुति रहेको कार्यक्रमामा एक सोका लागि करीब ७ लाख रुपैयाँ खर्च हुने निमार्ण युनिटले जानकारी दिएको छ। कार्यक्रम दर्शकको रुचि अनुसार कति भाग सम्म चल्ने भन्ने निर्धारण हुनेछ ।

Copyright © 2012 - 2026 | All Right Reserved.