स्वस्तीमा, अशिस्मा र मलिना ६ दर्जन मोडल सहित र्याम्पमा


सेलिब्रेटी नेपाल काठमाडौँ

राजधानीको चावहिलमा रहेको हायत रिजेन्सी होटल शुक्रबार राती फेसनले झकिझकाउ भयो । एकपछि अर्काे सिक्वेन्समा मोडलहरु र्याम्पमा प्रस्तुत हुँदा दर्शक निकै रोमान्चित देखिए । राजधानीका उत्कृष्ट र ब्यवसायी ६ दर्जन मोडलहरुले र्याम्प नापेको फेसन शोमा १३ बिभिन्न सिक्वेन्समा तयार पारिएका फेसन प्रदर्शन गरिएको थियो । लेहेंगा, साडी, जिन्स आइटम, वान पिस र गाउँनका नौला तथा सुन्दर डिजाइनमा मोडेल निकै आकर्षक र ‘हट’ देखिन्थे ।
आइइसी कलेज अफ फेसन एण्ड आर्ट आयोजक रहेको ‘आइइसी डिजाइनस् रनवे सेसन ७’ नामक फेसन शोको सम्पुर्ण इभेन्ट म्यानेजमेन्ट जिम्मा नेक्स्ट मोडल्स् नेपालले लिएको थियो ।

करिब ३ घन्टा चलेको फेसन शोमा आइइसी कलेज अफ फेसन एण्ड आर्टमा अध्यायनरत २०१७ मा पास आउट ५१ बिद्यार्थीले तयार पारेका बिभिन्न १३ थिमका राष्ट्रिय तथा अन्तराष्ट्रिय डिजाइनहरु प्रदर्शन गरिएको थियो ।

पुर्व मिस नेपाल समेत रहेकी मोडल माल्भीका सुब्बाले संचालन गरेको फेसन शोमा अभिनेत्री स्वतीमा खड्का,, अशिस्मा नकर्मी, मलिना जोशी लगायत सो टपरको रुपमा रहेका थिए, भने बिषेश प्रस्तुतिमा बिद्यार्थीले अध्यायनको क्रममा तयार पारेका आकर्षक पहिरन प्रदर्शन र प्रवन्धनको उदेश्यले फेसन शो आयोजना गरिएको कलेजकी प्रवन्ध निर्देशक शैलजा अधिकारीले बताइन् । मोडलहरुलाई अन्तराष्ट्रिय कोरियोग्राफर प्रशान्त ताम्राकारले प्रशिक्षण सहित र्याम्पमा उतारेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.