Narayan Gopal Profile



स्वर सम्राट नारायण गोपाल

  • जन्म बि. स.- १९९६ साल असोज १८ गते
  • मृत्यु-२०४७ साल मङ्सिर १९ गते
  • जन्म स्थान¬ किलागल ,काठमाडौँ
  • बुबा को नाम- आशा गोपाल गुरुवाचार्य
  • आमा – राम माया गुरुवाचार्य
  • शिक्षा स्नातक

उहाले गाउनु भयका हीट गीत हरु-
आँखाको भाका आँखैले, मान्छेको माया यहाँ,माया गर्नेको,पर्खी बसे आउला भनि,बहिनीको दया छ भने,बिछोडको पिडा नसकी खप्न, स्वर्गकी रानी मायाकी खानी,आज र राती,झरेको पात झैँ,मान्छेको माया यहाँ,लौ सुन म भन्छु मेरो राम कहानी,आँखा छोपी नरोउ भनि,बिरही माया,केहि मिठो बात गर,म त लाली गुराँस भयछु ,मलाई माफ गरि देउ,यो सम्झिने मन छ,तिमीले पनि मा जस्तै,ए कान्छा ठटैमा,जुन फुल मैंले,बहिनीको दया छ भने,लगायतका नेपाली, हिन्दि र पस्चात्य गीत हरु खाना बनाउने, चेस खेल्ने चंगा उडाउने, फुटबल म्याच हेर्ने, टेबुल (विशेष गरी कोठाको) अगाडि प¥यो कि बजाउन थालिहाल्ने खालको उहाँको बानी र शौख थिए । बागीनाको प्रकाशक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक, सञ्चार मन्त्रालयमा सल्लाहकारसमेत हुनु भएका नारायण गोपालले गीति नाटकको कथा ‘कान्छी मस्याङ’ लेखेका थिए ।

  • पेशा – सांस्कृतिक संस्थान(राष्ट्रिय नाचघर)महाप्रपंधक को रुपमा जागिरे
  • एकल एल्बम – ब्लु नोट र गीति यात्रा भाग- १
  • पुरस्कार तथा सम्मान
  • सर्वोतम संगीतकार २०२३ साल ,रेडियो नेपाल
  • सर्वोतम गायक २०२४ साल,रेडियो नेपाल
  • रत्न रेकर्ड पुरस्कार २०२९ साल रत्न रेकरडिंग संस्थान
  • गोर्खा दक्षिणबाहु चौथो २०३३ साल
  • इन्द्र राज्य लक्ष्मी प्रज्ञा पुरस्कार, ने.रा.प्र.प्र. २०४० साल
  • छिन्नलता पुरस्कार २०४४ साल
  • जगदम्बा श्री पुरस्कार, मदन पुरस्कार गुठी २०४५ साल
  • त्रिशक्ति पट्ट, तेस्रा २०४७ साल