प्रियंकाको हट अबतार हेरौँ अब, ’लालटिन’ बालेर


सेलिब्रेटी नेपाल काठमाडौँ
lalteen nepali movie_3
चलचित्र ’लालटिन’मा समावेश ’चमेली’ वोलको गीतको भिडियो सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक पार्टी गीतमा अभिनेत्री प्रियंका कार्की फिचरिङमा छिन् । भिडियोमा प्रियंकाको हट अबतारलाई हेर्न सकिन्छ ।

चलचित्रको भिडियोले अहिले बजारमा राम्रै चर्चा पाईरहेको छ । किरण माइकलको शब्द तथा संगीतमा आस्था राउतको स्वर गीतमा समावेश छ । कविराज गहतराजले क्लब स्टेपलाई गीतमा उतारेका छन् ।

देवकुमार श्रेष्ठ निर्देशित चलचित्र यही चैत १८ गते देखि रिलिज हुँदैछ । प्रियंका सहित दयाहाङ राई, केकी अधिकारी, भानुप्रताप अर्जुनजंग शाही, ए गुरुङ, निर्जन थापा, राज कट्वाल लगायतको अभिनय छ ।

अनिम श्रेष्ठ र राज केसीको निर्माण, मनोजराज भण्डारी र दीपक श्रेष्ठका सहनिर्माण रहेको फिल्मलाई एक्सन र थ्रीलर जानरामा राखिएको छ । फिल्मका प्रस्तुतपर्ता भानुप्रताप हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.