पल्टनको अडियो बजारमा आई पुग्यो


सेलेब्रेटी नेपाल पौष १९-नेपाली चलचित्र पल्टनको अडियो सिडी एल्बम सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई र अभिनेता श्रीकृष्ण श्रेष्ठले संयुक्त रूपमा  एल्बम विमोचन गरेका हुन् । चलचित्र पल्टनमा पाँच गीत समाबेश गरियको छ अहिले नेपाली चलचित्रको अडियो को त के चलचित्रकै व्यापार राम्रो नभइ रहेको बेलामा पल्टन के होला रिलिज पछि नै थाहा हुनेछ  ।  चलचित्रका गीतमा संगीत अशोक राईले दियका छन् । दयाराम पाण्डे, लोकराज अधिकारी, कमल दाहालको  शब्दमा  कुशल थुलुङ, संवयतन्डुक, आभा मुकारुङ, कला राई, तृप्ती नाडकर, रूपक चौधरी, राजेशपायल राई, पुष्पा पौडेललगायतले  स्वर दियका छन् । काभ्रेली लोक गायक विक्रम शाहद्वारा निर्मित चलचित्रमा राजेश हमाल, कुशुम थापा, करण क्रेजी, दिनेश थापा, पुष्कर रेग्मी, दीपेन्द्र श्रेष्ठ, अमृत लामा, तृप्ती नाडकर, प्रतीक्षा गुरुङ, विजय देउजालगायतले अभिनय गरेका छन्।चलचित्र आगामी फागुन महिनामा रिलिजमा आउने  छ ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.