सेलिब्रेटी नेपाल काठमाडौँ
अभिनेत्री श्वेता खड्काले अब भने चलचित्र पर्दामा पुनरागमन गर्ने पक्का भएको छ । उनको आफ्नै निर्माणमा बन्न लागेको चलचित्रमा यसअघि दयाहाङ राइ अभिनेतामा फाईनल भएको चर्चा थियो । अब भने चलचित्रको नाम तय भएको छ ।
श्वेताको निर्माणमा बन्न लागेको चलचित्रको नाम हो ’कान्छी’ ।
कान्छीलाई ’कोहिनुर’ निर्देशक आकाश अधिकारीले नै निर्देशन गर्ने समेत फाईनल भएको छ । चलचित्र पुरुषोत्तम प्रधानले खिच्नेछन् । जेठबाट चलचित्र फ्लोरमा जाने बताईएको छ ।