अस्ट्रेलियामा बस्दै आएकी गायिका अबुन माया जालैमा परिन


सेलिब्रेटी नेपाल काठमाडौँ
Abun-pandey
गीत संगीतको नशा भनेको यस्तो नशा हो जुन नशाको लत लागे पछी छुट्न धेरै गार्हो हुन्छ यस्तै संगीत नशाले छोएका प्रतिभाशाली संगीतकार टिका दाहालको संगीतमा रहेको नयाँ भिडियो सार्बजनिक भएको छ । टिका आफ्नो कार्य बिबसताले लामो समय देखि अस्ट्रेलिया बस्दै आएका छन् । टिका विदेशमा रहेर पनि सांगीतिक सृजनामा कमि छैन ।

अस्ट्रेलियामा नै बस्दै आएकी गायिका अबुन पाण्डेको सुमधुर स्वर रहेको गीतलाइ राजेन्द्र सलभले शब्द कोरेका हुन् । संदेश परियारको संगीत संयोजन रहेको गीतमा राज ब.शाही र शुभागनी कोइराला लाइ फिचर गराईएको छ । जीवन रसाइलीले छायांकन,सम्पादन र निर्देशन गरेको भिडियोमा देखा देखमा नै बस्न गएको मायालाइ देखाउन खोजिएको छ । कति माया नबोलेर पनि मिठा हुन्छन भन्ने भाव गीतले बोकेको कुरा संगीतकार टिकाले सेलिब्रेटी नेपाल लाइ बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.